दफा
केन्द्रको कार्यालय भवन र हाता तथा सम्पत्तिको अनतिक्रम्यता

(१) केन्द्रको कार्यालय भवन र हाता तथा सम्पत्ति अनतिक्रम्य हुनेछ ।
(२) केन्द्रको कार्यालय भवन र हाता तथा सम्पत्तिको अतिक्रमण वा क्षति हुन नदिनु र त्यसको शान्ति वा व्यवस्थामा खलल हुन नदिने दायित्व नेपाल सरकारको हुनेछ ।